विराटनगर । गैरआवासीय नेपाली संघले प्रदेश नम्बर १ मा मोबाइल ब्लड बैंक बस सहयोग गर्ने भएको छ ।

बिरामीहरुलाई ब्लड उपलब्ध गराउन मानवीय सेवाका लागि मोबाइल ब्लड बैंक बस सहयोग गर्न लागेको एनआरएनए प्रदेश १ मोबाइल बस परियोजनाका संयोजक दिपक गौतमले बताए ।

गौतम एनआरएनए क्यानाडाका अध्यक्ष हुन् । मोबाइल ब्लड बैंक बसकालागि करिब ७० लाख रकम संकलन गर्ने योजना सहित काम भइरहेको गौतमले बताए ।

हालसम्म करिब ४ लाख रकम संकलन भइसकको र १० लाखभन्दा बढी सहयोगको प्रतिवद्धता आएको छ ।

मोबाइल ब्लड बैंक बस सेवा सञ्चालनका लागि गठन भएको समितिलाई संयोजक गौतमले पूर्णता दिएका छन् ।

अंग्रेजी क्यालेन्डर अनुसार यही मार्च ५ अर्थात फागुन २१ गते भित्र सम्पूर्ण रकम संकलन गर्ने तयारीका साथ समितिलाई पूर्णता दिइएको संयोजक गौतमले जानकारी दिए ।

यो परियोजनालाई गैरआवासीय नेपाली संघ क्यानाडाले स्वामित्व लिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबरहरु