विराटनगर महानगरपालिका १८ राजा विराट चोकमा ट्रकको ठक्करले साइकलयात्रीको मृत्यु भएको छ ।
शुक्रबार राति करिब ८ बजेतिर भएको घटनामा साइकलयात्रीको शरीर क्षतविक्षत बनेको छ । उनको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।यस्तै पथरी शनिश्चरे १० मा मे१च ४१७१ नम्बर भ्यानले ठक्कर दिंदा मे७प ७५४३ नम्बर मोटरसाइकल चालक झापाको दमक ४ का ३० वर्षीय विशाल सिटौलाको मृत्यु भएको छ ।
यसैगरी इटहरी २० मा को२५प ८४४४ नम्बर र प्रदेश १–०२–०४३प२९१ नम्बर मोटरसाइकल आपसमा ठोक्किँदा धरान ७ की ४० वर्षीया पिंगला थापाको मृत्यु भएको प्रहरीले जनाएको छ ।उक्त दुर्घटनामा घाइते भएका दिनेश बस्नेत र मनोजको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।