विराटनगर । विराटनगर महानगरपालिकाले भारतबाट नेपाल फर्किरहेका नेपाली नागरिकलाई हात्तीपाइले रोग विरुद्धको औषधि खुवाउन थालेको छ ।

महानगरपालिकाले रानी नाकामा रानी हेल्थ डेक्स मार्फत हात्तीपाइले रोग विरुद्धको औषधि खुवाउन थालेको हो ।

रानी हेल्थ डेक्सका इन्चार्ज सुरेन्द्र यादवले बिहीबार र शुक्रबार २ दिनमा २०० भन्दा बढी भारतबाट नेपाल प्रवेश गरेकाहरुऔषधि खुवाइएको जानकारी गराए ।

विराटनगर महानगरपालिकाले फागुन ११ गतेदेखि हात्तीपाइले रोग विरुद्धको औषधि खुवाउने कार्यक्रम सुरु गरेको छ ।

63
Shares
१२ फाल्गुन २०७९, शुक्रबार २१:०९