पाँचथर । पाँचथरको हिलिहाङ गाउँपालिका ७ भारपामा दुईजना बालकको शुक्रबार दिउँसो जलेर मृत्यु भएको छ । स्थानीय शरण पन्थाकका ५ वर्षीय छोरा सेसेहाङ पन्थाक र सन्तोष खातीका ४ वर्षीय छोरा निशान खातीको जलेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
हिलिहाङ ७ यवाडाँडाका प्रेम पन्थाकको घरमा भएको आगलागीमा उनीहरुको ज्यान गएको हो । खाती सोही घरमा बस्दै आएका थिए । छिमेकी शरण पन्थाकका छोरा सेसेहाङ उनीसँग खेल्न उक्त घरमा आएका थिए ।
अभिभावक काममा गएका बेला घरमा आगलागी भएको थियो । आगाले घर पूर्ण रुपमा जलेर नष्ट भएको छ । कसरी आगलागी भयो भन्ने खुलेको छैन ।