धनुषा जिल्ला अदालतका न्यायाधीश चित्र बहादुर गुरुङको एकल इजलासले हत्याको अभियोगमा पक्राउ परेका मिथिला नगरपालिका ५ मा क्रसर उद्योगी विपिन महतोलाई २५ वर्ष कैद र ५ लाख क्षतिपूर्ति भराउने आदेश दिएको हो ।
टिपरले च्यापेर हत्या गरेको भन्दै चालक मिथिला नगरपालिका ९ का मुनीन्द्र महतोलाई पनि २५ वर्ष कैद सजायका साथै ५ लाख जरिवानाको आदेश दिइएको छ ।लोडरका चालक बर्दिबास नगरपालिका २ का जितेन्द्र कुमार महतोलाई हत्यामा मतियारको भूमिका खेलेको भन्दै १२ वर्ष ६ महिना कैद र २ लाख ५० हजार क्षतिपूर्ति भराउने आदेश भएको धनुषा जिल्ला अदालतले जनाएको छ ।
मिथिला नगरपालिका ५ श्रीपुरका पर्यावरण अभियन्ता वर्ष २४ का दिलीप महतोलाई २०७६ साल पुस २५ गते औरही खोलामा टिपरले च्यापेर हत्या गरेपछि लामो समयसम्म परिवार तथा स्थानीयवासी र वातावरण अभियन्ताहरूले आन्दोलन गरेपछि धनुषा प्रहरीले ७ जनालाई पक्राउ गरी मुद्दा चलाएको थियो ।