विराटनगर । मोरङको बेलबारी–४ लिम्बु चोकस्थित केशलिया खोलामा पक्की पुल निर्माण भएको छ ।

बेलबारी नगरपालिका वडा नं ४ र ९ लाई जोड्ने पुल ६ करोड ६२ लाख ५७ हजार रुपैयाँको लागतमा निर्माण गरिएको हो ।

पूर्वाधार विकास कार्यालय मोरङले पुल निर्माण गरेको हो ।

प्रदेश १ का सडक पूर्वाधार तथा सहरी विकास मन्त्री दुर्गाप्रसाद चापागाँइले पुलको उद्घाटन गरेका हुन् ।

३७ मिटर लामो पुल निर्माणका लागि गीताञ्जली कन्ट्रक्सन प्रालिदुहबीसँग ठेक्का सम्झौता भएकोमा गत असारमा पुल निर्माणको काम सम्पन्न भएको पूर्वाधार विकास कार्यालयका प्रमुख सुशील श्रेष्ठले बताए ।
210
Shares
१२ फाल्गुन २०७९, शुक्रबार १७:५४