विराटनगर । पूर्वाञ्चल विश्वविद्यालयले इन्जिनियरीङ विषयको पाठ्यक्रम समयानुकूल परिमार्जन गर्न थालेको छ।

पाठ्यक्रम परिमार्जन गर्ने बारेमा शुरु भएको कार्यशालामा पूर्वाञ्चल विश्वविद्यालय, त्रिभुवन विश्वविद्यालय र मनमोहन प्राविधिक विश्वविद्यालयका १७ प्राध्यापकहरूको सहभागिता छ ।

तीन दिने कार्यशालामामा पूर्वाञ्चल विश्वविद्यालय इञ्जिनियरिङ संकायका विभिन्न कार्यक्रमहरूको पाठ्यक्रम परिमार्जन गर्नका लागि छलफल हुनेछ ।

पाठ्यक्रमलाई अन्तर्राष्ट्रिय परिवेश अनुसार परिमार्जन गर्नका लागि कार्यशालाको आयोजना गरिएको विश्वविद्यालयले जनाएको छ ।

इन्जिनियरीङ अन्तर्गत आर्किटेक्चर, सिभिल, कम्प्युटर, इलेक्ट्रिकल, जिओमेडिकल, बायोमेडिकल लगायतका विषयहरूको पाठ्यक्रम परिवर्तन गरी समयसापेक्ष बनाउने विश्वविद्यालयले जनाएको छ ।

पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगका अध्यक्ष प्रा. महेशराज दाहाल, कला, शिक्षा तथा कानुन संकायका डिन प्रा. डा. अनिल पोखरेल, पूर्वाञ्चल विश्वविद्यालय कलेज अफ इन्जिनियरिङका निर्देशक तेजलाल गिरी लगायतले विश्व बजारमा बिक्ने पाठ्यक्रम निर्माण गर्न सुझाव दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबरहरु