चितवन । चितवनको भरतपुरमा आफ्नै आमाको हत्या गरेको आरोपमा छोरा पक्राउ परेका छन्।
चितवन जिल्लाको भरतपुर महानगरपालिका वडा नम्बर ११ गणेशस्थानम घर भएकी ७८ वर्षीया मिनाकुमारी घले बुधबार राति आफ्नै घरमा मृत भेटिएकी थिइन्। घले मृत भेटिएपछी गाउलेहरुले प्रहरीलाई खवर गरेका थिए ।
प्रहरी घटना स्थलमा पुगेर अनुसन्धान गर्दा महिलाको टाउकोमा चोट भेटिएपछी महिलाको हत्या भएको हुनस्क्ने अनुमान गरिएको थियो ।घटनास्थल पुगेर मुचुल्का गरी प्रारम्भिक अनुसन्धान गर्दा उक्त घटनामा मृतककै छोराको संलग्नता देखिएको जिल्ला प्रहरी कार्यालय चितवनबाट प्रवक्ता डिएसपी विजयराज पण्डितले बताए।
मृतककै कान्छो छोरा ४० वर्षीय पुरन घलेले मादक पदार्थ सेवन गरी आमाको हत्या गरेको अनुसन्धानबाट भेटिएपछि उनलाई पक्राउ गरिएको पंण्डितले बताए।