आज पहाडी क्षेत्रको मौसम आंशिकदेखि सामान्य बदली हुने अनुमान छ । अन्य क्षेत्रको मौसम भने सामान्यतया सफा नै रहने अनुमान छ ।
अब बिस्तारै प्रि–मनसुनी गतिविधि सुरु हुने मौसमविद्ले बताएका छन् । हिउँदयाम सकिएपछि प्रि–मनसुन सुरु हुन्छ । डिसेम्बर, जनवरी र फेब्रुअरी तीन महिनालाई हिउँदयाम मानिन्छ ।हिउँदयाम सकिन अब पाँच दिनमात्रै बाँकी छ । यसपालिको हिउँदमा खासै वर्षा हुन सकेको छैन । यसले गर्दा सुक्खा बढाएको छ ।
प्रि–मनसुनमा सुक्खा हुने, चट्याङ पर्ने, तीव्र गतिमा हावाहुरी चल्ने र आगलगाीका घटना बढ्ने भएकाले सचेत रहन मौसमविद्को सुझाव छ ।