विराटनगर । विराटनगरको मुख्य राजमार्ग र बजार क्षेत्रको ट्राफिक व्यवस्थापन सहज बनाउन आठ ठाउँमा ट्राफिक बत्ती जडान गरिने भएको छ ।

रोडशेष चौकदेखि राजवंशी चौकसम्मको क्षेत्रमा पाँच ठाउँमा ट्राफिक लाइट जडान गर्ने प्रक्रिया अघि बढेको जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी निरीक्षक राजकुमार कार्कीले जानकारी दिए ।

ती स्थानमा ६ लेन सडक आयोजना इटहरीले ट्राफिक लाइट जडानको प्रक्रिया अघि बढाएको हो ।

यस्तै बजार क्षेत्रको ट्राफिक चौकदेखि तीनपैनीसम्म तीन ठाउँमा विराटनगर महानगरपालिकाले ट्राफिक लाइट जडान गर्ने तयारी गरेको छ ।

६ लेन सडक आयोजनाले मुख्य राजमार्गअन्तर्गत रोडशेष, घाँसचौक, बरगाछी, कञ्चनबारी र राजवंशी चौकमा ट्राफिक लाइट जडान हुनेछ ।

यस्तै महानगरले जलजला चौक, तीनपैनी र अर्को ट्राफिक चौक वा अस्पताल चौकमा ट्राफिक लाइट जडान गर्ने तयारी गरिरहेको छ ।

56
Shares
११ फाल्गुन २०७९, बिहीबार ०९:३९