विराटनगर । नेकपा एमाले मोरङले पार्टी केन्द्रले आरम्भ गरेको मिसन ग्रासरुट अभियानमा विद्यालयमा फुलबारी अभियानदेखि तरकारीमा आत्मनिर्भर बन्ने अभियानसम्म सञ्चालन गर्ने भएको छ ।

फागुन ५ गते औपचारिक रुपमा संगठन सुध्रिढिकरण गर्ने उद्देश्यका साथ देशभर जनतासम्म पुग्नेगरि पार्टीका नेताहरुलाई जिम्मेवारि दिँदै आ–आफ्ना क्षेत्रमा परिचालन गरेको छ । सोहि अभियान अन्तर्गत हिजो बसेको एमाले मोरङको बिशेष बैठकले अभियानका क्रममा सामुदायिक विद्यालय शिक्षा सुधार, स्वास्थ्य र पोषणको जानकारी, विद्यालयमा फुलबारी अभियान सञ्चालन गर्नेलगायतका निर्णय गरेको छ ।

नेकपा एमाले मोरङका अध्यक्ष ऋषिकेश पोखरेलका अनुसार, संगठनात्मक र बैचारिक काम सँगै समाजसँग जोडिएका धेरै क्षेत्रमा अभियान सञ्चालन गरिने बताए । उनका अनुसार अभियानका क्रममा एमालेले स्वास्थ्य केन्द्रहरुको सरसफाई गर्ने छ ।

यस्तै जेष्ठ नागरिकहरुको संस्थामा सहयोग, सम्मान गर्ने कार्यसूचि बनाएको एमाले मोरङले समाजमा रहेका विभिन्न भजन, किर्तन मण्डलीहरु वीच छलफल गर्ने र वडास्तरीय प्रतिस्पर्धात्मक भजन किर्तन गराइ पुरस्कारको व्यवस्था गर्ने जनाएको छ । सहकारी तथा साना किसान सहकारी सदस्यहरुको भेलाको आयोजना गरि विषयगत प्रशिक्षण दिने

योजना बनाएको एमालेले सामुदायिक वन उपभोक्ताहरुको समेत भेला र विषयगत प्रशिक्षण दिइने जनाएको छ । यस्तै समाजमा रहेका धामी, झाक्री, ज्योतिषीहरु र आयुर्वेद औषधि प्रयोग गर्नेहरुसंग पार्टी नेतृत्वको समुहले भेटघाट गर्ने र उनीहरुलाई अहिलेको परिवर्तित सन्दर्भ र परम्परागत प्र्रणालीका वीच अन्तर सम्वाद गर्ने जनाएको छ ।

यस्तै उत्कृष्ट योगदान गर्नेहरुका घरघरमा गएर सम्मान गर्ने तथा गुनासाहरुको अध्ययन गर्ने एमालेको योजना रहेको छ । समाजमा रहेका विभिन्न धार्मिक सास्कृतिक समुह, पण्डित÷पुजारी, पास्टर, वौद्ध भिक्षुक, मुल्मि, माझीहाडाम र मुखियाहरुलगायतसँग पार्टी नेतृत्वको समुहले भेटघाट गर्ने दुखःसुखका कुरा गर्दै सामाजिक सम्मान गर्ने अभियानमा समेटिएको छ । यसैगरि नेकपा एमालेका सबै पार्टी सदस्यहरुलाई अनिवार्य करेसावारी वनाउने र तरकारीमा आत्मानिर्भर बन्न कोशिष गर्ने अभियान पनि चलाउने निर्णय गरेको छ ।

पार्टी सदस्यले कम्तिमा एउटा फलफुलको विरुवा रोप्न अनिवार्य गरेको छ । यस्तै किसानहरुका समस्या समाधानका लागि जैविक मल बनाउने प्राविधिकसंग समन्वय गरेर किसान हरुलाई सीप सिकाउने र मलमा आत्मनिर्भर हुन कोशिष गर्ने उत्प्रेरित गर्ने भएको छ । जस्कालागि गोवर मल घन्सी मुङदाल झोल मल कृषि चुना पिनाको प्रयोग गर्दै आफ्नो माटाको परिक्षण गर्न प्रोत्साहनको अभियान सञ्चालन गर्ने भएको छ ।

नेकपा एमालेका पोलिटव्युरो सदस्य देवेन्द्र दाहाल, जितु गौतम, जगदिशप्रसाद कुसियतलगायत दुई महिने पार्टी सुदृढिकरण तथा विस्तार अभियान लिएर मोरङमा खटिनुभएका नेताहरुको बैठकमा उपस्थिती रहेको थियो । बेठकले पार्टी सुध्रिढीकरण तथा विस्तारका लागि चलाए मिसन ग्रासरुट) अभियानमा संगठनात्मक राजनीतिक र वैचारिक काम लाई फागुन १५ गतेभित्र सञ्चालन गर्ने छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबरहरु