मोरङ । प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले मोरङको बेलबारी नगरपालिका ३ स्थित पुरानो ईलाका प्रहरी कार्यालयको भवनमा १ नम्बर प्रदेश प्रहरी अस्पतालको उद्घाटन गरेका छन्।
बुधबार आयोजित कार्यक्रमबीच उद्घाटन गर्दै प्रहरी महानिरीक्षक सिंहलगायत अन्य अथितिहरुले अस्पतालको साथै उपलब्ध स्वास्थ्य उपकरणहरुको अवलोकन गरेका छन्।
अस्पताल उद्घाटन कार्यक्रमलाई सम्वोधन गर्दै प्रहरी महानिरीक्षक सिंहले १ नम्बर प्रदेश प्रहरी अस्पतालको सुभारम्भले यस प्रदेशमा रहेका पूर्व प्रहरी कर्मचारी, अमररअशक्त प्रहरी कर्मचारी तथा बहालवाला प्रहरी कर्मचारीका साथै आश्रित परिवार समेतको स्वास्थ्य सेवामा पहुँच पुग्ने बताए।साथै प्रहरी अस्पतालको निर्माण र सेवा सुभारम्भले स्थानीयवासीलेसमेत सेवा पाउने हुँदा सबै किसिमका बिरामीहरुलाई सहज रुपमा स्वास्थ्य सेवा उपलब्ध गराउन कार्यरत प्रहरी कर्मचारीहरूलाई उनले निर्देशन दिए।
उक्त अवसरमा नेपाल प्रहरी अस्पताल महाराजगंज काठमाडौंका मेडिकल डाईरेक्टर प्राबिधिक प्रहरी अतिरिक्त महानिरीक्षक डा. आशा सिंहले सीमित श्रोत र साधनकाबीच प्रदेश प्रहरी अस्पतालको अवधारणा ल्याई सेवा सुभारम्भ गरिएको बताउँदै अबका दिनमा सेवा संचालनमा हरेक क्षेत्रको सहयोग अपरिहार्य रहेको उल्लेख गरिन्।
अस्पतालका प्रहरी नायव उपरीक्षक डा। सरोज सिंहले अस्पतालको सेवा सम्वन्धि प्रतिवेदन प्रस्तुत गर्दै तत्काल ३ जना बिशेषज्ञ चिकित्सकसहित १० जनाको प्राबिधिक टोलीले ओपिडि तथा ईमरजेन्सी लगायतका सेवा प्रदान गर्ने जानकारी दिए।