कास्की । पोखरामा विभिन्न बैंकका एटीएम मेशिन फोर्न प्रयास गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
मङ्गलवार राति पोखरा महानगरपालिका–१० रामबजारमा रहको एनआईसी एसिया बैंकको एटीएम, पोखरा–१५ वन क्याम्पस गेट नजिकै रहेको नेपाल बैंकको एटीएम र रामबजार पेन्सन क्याम्प नजिक रहेको साङ्ग्रिला विकास बैंकको एटीएम मेशिन फोर्नका लागि तोडफोड गर्ने, ढुङ्गा हान्ने तथा सीटीटीभी क्यामेरा कागजले छाेप्ने गरेको आरोपमा दुई जना पक्राउ परेका हुन् ।
प्रहरीले घटनामा संलग्न उदयपुरकाे गाईघाट नगरपालिका–७ घर भई पाेखरा–१७ छोरेपाटन बस्ने २१ वर्षीय सुशील चाम्लिङ राई र लम्जुङकाे मर्स्याङ्दी गाउँपालिका–४ घर छोरेपाटन बस्ने २१ वर्षीय अर्जुन भन्ने लुबहादुर गुरुङलाई पक्राउ गरेको हो ।