इलाम । प्रहरीले चलाएको विशेष अभियान अन्तर्गत इलाममा चोरीका मोटरसाइकल धमाधम पक्राउ पर्न थालेका छन् ।
प्रहरीले पुसयता १४ वटा मोटरसाइकल र संलग्न भएको आशंकामा केहीलाई पक्राउ गरेको छ ।
जिल्लाभर सम्बन्धित प्रहरी चौकीमार्फत जाँच कडाइ गर्दै मोटरसाइकल नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी उपरीक्षक दिलिप घिमिरेले बताए ।जिल्लाका ग्रामीण क्षेत्रमा पनि मोटरसाइकल चोरीका घटना हुन थालेपछि प्रहरीले सक्रियता बढाएको हो । प्रहरीले ५ जनालाई पक्राउ गरी कारबाही अघि बढाएको जनाएको छ ।