बुधबार बिहान मोरङको बेलबारी नगरपालिका १ सिसौली चोक स्थितमा पश्चिमबाट पूर्व जाँदै गरेको ना५ख ६९४२ नम्बरको बसले २ वटा साइकललाई ठक्कर दिँदा घाइते भएका साइकलयात्री बेलबारी २ का १९ बर्षीय लेखनाथ चौहानको मृत्यु भएको प्रहरीले जनाएको छ ।
घाइते भएका अर्का साइकल यात्री १८ बर्षीय राम बस्नेतको नोबेल अस्पतालमा उपचार भइरहेको छ ।यसैगरी झापाको कनकाई नगरपालिका १ दुर्गापुर चोकमा प्र १–०१–०१६–३१५९ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबट आउँदै गरेको बा४ख ९३१९ नम्बरको बिर्तामोड २ स्थित निधि क्याम्पसको बसले ठक्कर दिँदा मोटरसाइकल चालक ताप्लेजुङका ३५ वर्षीय समिर लिम्बुको मृत्यु भएको छ ।
यस्तै, सुनसरीको इटहरी उपमहानगरपालिका १० खनारमा को२ह ६४३२ नम्बरको सिटि सफारी आफैँ अनियन्त्रित भई पल्टिदा ४० बर्षीय सुरेन्द्र सरदारको मृत्यु भएको प्रहरीले जनाएको छ ।