एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरे नेतृत्वको टोलीले बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेर अविलम्ब प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्न माग गरेको हो ।
सर्वोच्च अदालतमा प्रधानन्यायाधीशसँगै अन्य न्यायाधीश पनि खाली हुँदा न्याय सम्पादनमा असर परेकाले यसलाई चाँडो टुङ्ग्याउन प्रधानमन्त्रीको ध्यानाकर्षण गराइएको अध्यक्ष घिमिरेले जानकारी दिए । सरकारले प्रधानन्यायाधीश र न्यायाधीश नियुक्तिलाई विशेष रूपमा लिनुपर्ने उनको भनाइ छ ।प्रधानमन्त्री संवैधानिक परिषद्को अध्यक्ष रहने व्यवस्था छ । तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथि संसदमा महाभियोग दर्ता भएपछि २०७८ फागुन १ यता सर्वोच्च अदालतमा कामु प्रधानन्यायाधीशको भरमा छ ।