साहित्य महोत्सवको बारेमा जानकारी दिने उद्देश्यले आज जनकपुरधाममा आयोजक संस्थाले आयोजना गरेको पत्रकार सम्मेलनमा महोत्सव तीन दिनसम्म चल्ने र महोत्सवमा विभिन्न समसामयिक विषयहरूमा मन्थन तथा विमर्श गरिने भएको छ ।
चौथो पटक आयोजना हुन लागेको जनकपुर साहित्य महोत्सवको ११ गते उद्घाटन हुने कार्यक्रम रहेको छ ।नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवलाई प्रमुख अतिथिको रुपमा आमन्त्रण गरिइएको महोत्सव आयोजक समितिका संयोजक प्रियङ्का झाले बताइन् ।
उद्घाटनकै दिन विद्यालय स्तरीय वक्तृत्व कलाको समापन कार्यक्रम हुनेछ । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेलाई २१ हजार, ११ हजार र ५ हजार १ सय सहित सम्मानित गरिने भएको छ ।महोत्सवको दोस्रो दिनमा पर्यावरण, समावेशिताको परिकल्पना र अभ्यास, राजनीतिक अभियान र अवसर, आफ्नो समाजलाई फर्केर हेर्दा, घुघट प्रथा, अन्तरविद्यालय कविता प्रतियोगिता हुने भएको आयोजकले जनाएको छ ।
महोत्सवको तेस्रो दिन युवा संस्कार र परिकार, मैथिली साहित्य र रङ्गमञ्चको यात्रा, दुर्व्यसन, किन आवश्यक छ उत्सव, समाजको अर्थ र सामाजिक यात्रा, हामीले गुमाएको खेलकुद, सम्झना प्रदीप दाइ तथा विविध संस्कृतिक कार्यक्रम छ ।