काठमाडौं । सार्वजनिक निकायका ठेक्का अलपत्र पार्ने ५ वटा कम्पनी कालोसूचीमा परेका छन् ।

सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न सार्वजनिक निकायका ठेक्का अलपत्र पार्ने निर्माण व्यवसायी र आपूर्तिकर्ता गरी ५ कम्पनीलाई कालोसूचीमा राखिएको जनाएको छ ।

कार्यालयका अनुसार चितवनको इन्जिनियर्स कन्स्ट्रक्सन एन्ड माइन्ट क्राफ्ट प्रालि, जय गढीमाई निर्माण कन्स्ट्रक्सन प्रालि, गुण निर्माण सेवा र कल्पना कन्स्ट्रक्सन प्रालिलाई एक वर्षका लागि कालोसूचीमा राखिएको छ ।

यस्तै, मुडभरी एन्ड जोशी कन्स्ट्रक्सन प्रालि दुई वर्षका लागि कालोसूचीमा परेको छ । कालोसूची अवधिभर ती कम्पनीले सार्वजनिक निकायको कुनै पनि खरिद कार्यमा भाग लिन पाउने छैनन् ।

49
Shares
१० फाल्गुन २०७९, बुधबार ०५:०३