काठमाडौं । युक्रेन युद्धलाई भड्काएको आरोपमा रुसले अमेरिकासँगको आणविक हतियार सन्धीलाई निलम्बन गरेको छ । अमेरिकासँग बाँकी रहेको अन्तिम आणविक सन्धी, न्यु स्टार्टलाई निलम्बन गरेको रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले बताएका हुन् ।

युक्रेनमाथि आक्रमण गरेको १ वर्ष पुग्नै लाग्दा राष्ट्रका नाममा सम्बोधन गर्दै रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिका र अन्य समर्थित मुलुकले युक्रेनमा असिमित शक्ति प्रयोग गरि युद्धलाई अतिरञ्जित गरेको जिकिर गरे ।

पछिल्लो समय युक्रेनमा पश्चिमा मुलुकका उच्च तहका कुटनीतिक प्रतिनिधिको आवागमन पछि रुसले आणविक हतियार सम्बन्धी सम्झौता निलम्बनको कदम चालेको रुसको भनाई छ ।

सम्झौता निलम्बनसंगै आणविक हतियार परिक्षणका लागि अघि बढ्ने रुसले जनाएको छ । यद्यपि अमेरिकाले आणविक हतियार प्रयोग गरे मात्र आफुले आणविक हतियार परिक्षण गर्ने रुसका राष्ट्रपति पुटिनको भनाई छ ।

सन् २०१० मा सो सम्झौता सुरु भएको हो । विभिन्न समयमा नविकरण भएको सो सम्झौताको समयावधी सन् २०२६ सम्म रहेको थियो ।
63
Shares
१० फाल्गुन २०७९, बुधबार ०५:०१