शिक्षकहरुका लागि तालिम गोष्ठी सेमिनार र सम्मेलनहरु संचालन गर्नुका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय तालिम तथा सम्मेलन हरुमा सहभागी गराएर शिक्षकको पेशागत दक्षता अभिवृद्धि कार्यमा सहयोग पुर्याउदै आएको छ । यसैगरी मकवानपुर शाखा दित्तीय र ललितपुर शाखा तृतीय स्थान ओगट्न सफल भएका छन् ।
झापा शाखाका अध्यक्ष धर्मेन्द्र भट्टराईले स्वयंसेवी तथा गैरनाफामूलक संस्था भएर पनि झापाली शिक्षकको पेशागत बिकासका लागि आफ्नो संस्थाले गरेको योगदानको उचित कदर भएको बताए । हाल झापामा १ हजार ५ सय बढी अंग्रेजी भाषा शिक्षक रहेका छन् ।नेल्टाको अन्तर्राष्ट्रिय सम्मेलनमा झापा शाखा उत्कृष्ट
काठमाडौं । अंग्रेजी भाषा शिक्षकहरुको संगठन नेपाल इंग्लिस ल्यांग्वेज टिचर्स एशोसिएसन नेल्टाको अन्तराष्ट्रिय सम्मेलनमा झापा शाखा उत्कृष्ट भएको छ । झापा शाखाले नगद दुई लाख रुपैयाँ पुरस्कार प्राप्त गर्ने भएको छ । झापा शाखाले आफ्नो स्थापनाकालदेखि नै विभिन्न किसिमका गतिविधिहरु सञ्चालन गर्दै आएको छ ।