पशुको दान, घाँस लगायतको वस्तुको मूल्य वृद्धि हुँदा लागत बढी लाग्ने भएकाले दूधको मूल्य बढाउन सिफारिस गरिएको बोर्डका कार्यवाहक कार्यकारी निर्देशक डा. बालक चौधरीले बताए ।
फागुन ३ गते बोर्डले मन्त्रालयलाई दूधको मूल्य विश्लेषण प्रतिवेदन बुझाए अनुसार अब दूधको मूल्य प्रतिलिटर ९६ रुपैयाँ पर्ने बोर्डले जनाएको छ । बजारमा हाल दूधको उपभोक्ता मूल्य प्रतिलिटर ८६ रुपैयाँ रहेको छ ।दूधको मूल्य प्रतिलिटर १० रुपैयाँ बढाउने तयारी
काठमाडौं । सरकारले दूधको मूल्य प्रतिलिटर १० रुपैयाँ बढाउने तयारी गरेको छ । राष्ट्रिय दूग्ध विकास बोर्डले कृषि तथा पशुपन्छि विकास मन्त्रालयलाई दूधको मूल्य प्रतिलिटर १० रुपैयाँ बढाउन सिफारिस गरेको छ ।