सिरिजमा लोकप्रिय कलाकारहरु सरोज खनाल, सुनिल थापा, कमेडियन खड्ग बहादुर पुन (ख.ब.पु) को मुख्य भूमिका सहित सरिता राजोपाध्याय, लक्ष्मीनाथ तिमिल्सिना , गीता थापा पराजुली, रामबाबु रेग्मी , अनिता गिरी , जेनिस अधिकारी ,रविन विष्ट, विश्व मुखिया लगायत कलाकारको अभिनय छ।
मुख्यपात्र लाल बहादुरको भुमिकामा देखा परेका सरोज खनाल २०७२ सालको विनासकारी भुईचालो पछि पानीको मुहान सुकेको देउराली गाँउमा भएको पानीको समस्या लाई समाधान गर्न गाउलेलाई समेटन लागेको पहिलो एपिसोडमा देखाईएकोे छ, सुनिल थापालाइ भने गाँउपालिका अध्यक्षको रुपमा देखाइएको छ ।मुख्य बाधाका रुपमा देखिएका सुनिल थापाले के बाधा अडचन ल्याउछन अनि सरोज खनाल (लालबहादुरले) कसरी गाउँमा पानि ल्याउछन, यी सब जान्नका लागि भने आगामी एपिसोडहरु हेर्न पर्नेछ । चार सिजनको ५२ एपिसोड रहने सिरिजको पहिलो सिजन १३ एपिसोडको रहेको निर्देशक थापाले जानकारी दिए।