विराटनगर । विराटनगरमा सम्पन्न नेपाल खेलकुद महासंघको दोस्रो राष्ट्रिय महाधिवेशनबाट अध्यक्षमा पर्शुराम बस्नेत (कृष्ण) निर्वाचित भएका छन् ।

बस्नेत सर्वसम्मत रुपमा बस्नेत अध्यक्ष चुनिएका हुन् । फागुन ७ देखि ९ गतेसम्म सञ्चालन भएको महाधिवेशनबाट निवर्तमान संयोजक बस्नेत निर्वाचित हुँदा पदाधिकारी र आयोगका पदाधिकारी भने केही दिनपछि मात्रै टुङ्गो लगाइने भएको छ ।

अध्यक्ष बस्नेतसहित १७१ सदस्य केन्द्रिय कमिटी घोषणा भएको छ । टुङ्गिन बाँकी रहेका पदहरु फागुन अन्तिम साता बस्ने केन्द्रिय कमिटीको बैठकबाट टुङ्गो लाग्ने बताइएको छ ।

महास.घको केन्द्रीय सदस्यमा रोहित कोइराला, शितल राय र शान्ता डंगोललगायत निर्वाचित भएका छन् ।

294
Shares
९ फाल्गुन २०७९, मंगलवार १८:१६