काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले दुई वर्षदेखि साउदी अरेबियाको जेलमा रहेका दिनेश कार्कीलाई नेपाल ल्याउन पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

कार्कीका बुबा गणेशबहादुर कार्कीसहितको टोलीलाई आज मङ्गलवार बिहान बालुवाटारमा भेटेर समस्या राखेपछि प्रधानमन्त्रीले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन् ।

प्रधानमन्त्रीले कार्कीलाई जेलमुक्त गरी नेपाल ल्याउने कार्यको तत्काल पहल गर्न परराष्ट्र मन्त्रालयको ध्यानाकर्षणसमेत गराएका छन् ।

धनकुटाको चौबिसे गाउँपालिका–४ घर भएका कार्की दुई वर्षअघि ट्राफिक नियम उल्लङ्घन गरेको कसुरमा साउदी जेलमा छन् ।

70
Shares
९ फाल्गुन २०७९, मंगलवार १५:०६