एसईइमा सहभागी हुने करिव ५ लाख १६ हजार परीक्षार्थीका लागि ५० लाख प्रति प्रश्नपत्र छापिने केन्द्रका प्रवक्ता चित्रकुमार आचार्यले बताए ।
आगामी चैतको पहिलो साता प्रश्नपत्रको छपाई सकिने गरी छपाई सुरु गरिएको आचार्यको भनाई छ ।बोर्डले विद्यार्थी संख्या भन्दा १० प्रतिशत बढी प्रश्नपत्र छपाउनेछ । यस वर्षको एसईइ परीक्षा आगामी चैत १७ गते देखि २९ गतेसम्म हुँदैछ ।
परीक्षामा बागमती प्रदेशबाट सबैभन्दा बढी १ लाख ७ हजार तथा कर्णाली प्रदेशबाट सबैभन्दा कम ४१ हजार विद्यार्थी सहभागी हुँदैछन् ।विद्यालय तह अन्तर्गत कक्षा ६ देखि १२ सम्मको पाठ््य पुस्तक छपाई समेत जारी रहेको प्रवक्ता आचार्यले जानकारी दिए ।
कक्षा ६ देखि १० सम्म १ करोड ५० लाख पाठ्यपुस्तक आगामी चैत मसान्तसम्म छपाई सक्ने जनाइएको छ । त्यस्तै, कक्षा ११ र १२ को करिव २५ लाख पुस्तक जेष्ठ मसान्तसम्म छपाई सक्ने तयारी केन्द्रको छ ।
–फाइल तस्बिर