विराटनगर । महोत्तरीमा भतिजोको चक्कु प्रहारबाट ७० वर्षीय काकाको मृत्यु भएको छ ।

महोत्तरीको महोत्तरी गाउँपालिका– ३ मडै गाउँ बस्ने वर्ष ७० का शिव महराको आफ्नै भतिजोले चक्कु प्रहार गरेपछि मृत्यु भएको प्रहरी नायब उपरीक्षक सन्तोष पोखरेलले बताए ।

प्रहरीका अनुसार ३० वर्षीय बिजेन्द्र महराले गए राति चक्कु प्रहार गरेको थिए । अण्डकोष आगाडि तिघ्रामा चक्कु प्रहार गरे लगतै घटनास्थलमै काकाको मृत्यु भएको प्रहरी नायब उपरीक्षक पोखरेलले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबरहरु