विराटनगर महानगरपालिकाको सहयोगमा जागरण नेपालले उपभोक्तालाई जागरुक बनाउने उद्देश्यले प्रशिक्षण सञ्चालन गरिएको आयोजकले जनाएको छ ।
प्रशिक्षण कार्यक्रमको विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले एक समारोहका बीच उद्घाटन गरे । उद्घाटन समारोहलाई सम्बोधन गर्दै मेयर कोइरालाले राष्ट्रपतिदेखि सामान्य नागरिक पनि उपभोक्ता भएको बताए ।त्यस्तै कार्यक्रममा विराटनगर वडा नम्बर ११ का अध्यक्ष तीर्थेन्द्र नेउपाने, १५ का प्रकाश साह, १८ का जितेन्द्रकुमार साहले उपभोक्ता जागरणका लागि वडा कार्यालयले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए ।
जागरण अभियानका मोरङ अध्यक्ष लोचन रिजालको अध्यक्षतामा भएको कार्यक्रममा समाजसेवी चिरञ्जीवी दाहालले सचेतना कार्यक्रमसँगै बजार अनुगमनलाई पनि प्रभावकारी बनाउनुपर्नेमा जोड दिए ।उपभोक्ता जागरण अभियानका राष्ट्रिय अध्यक्ष कृष्णप्रसाद भण्डारी मार्सेलीले वडा नम्बर ६, ११, १५ र १८ नम्बर वडाका जनप्रतिनिधिहरुलाई सहभागी गराएर उपभोक्ता सचेतना र जागरणका विषयमा प्रशिक्षण दिइने जानकारी गराए ।