विराटनगर । मोरङको बुढीगंगा–२ अमाही भन्ने स्थानमा एक महिलाको शव भेटिएको छ । अन्दाजी ३५ वर्षीया महिलाको शव बोराभित्र हालेको अवस्थामा फेला पारिएको हो ।

स्थानीय नरसिंह चौधरीको घरमा बोराभित्र हालेको अवस्थामा शव भेटिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी टीकाबहादुर कार्कीले जानकारी दिए ।

मोरङ प्रहरीका डिएसपी रञ्जनकुमार दाहालको नेतृत्वमा टोली परिचालन गरी अनुसन्धानको काम भइरहेको प्रहरीले जनाएको छ ।

कसले किन हत्या गर्यो र ती महिला को हुन् भन्नेबारे खुलेको छैन ।

84
Shares
८ फाल्गुन २०७९, सोमबार १४:१६