विराटनगरस्थित कृषि सामाग्री कम्पनी लिमिटेडका लागि सो युरिया मल आउन लागेको हो ।
साढे सात हजार मेट्रिक टन मध्ये धेरैजसो मल विराटनगर भन्सार कार्यालयमा आइसकेको र बाँकी मल आउने क्रममा रहेको जनाइएको छ ।नेपाल सरकारले खरिद गरेको सबै युरिया मल १० दिनभित्र कार्यालयमा आइसक्ने कृषि सामाग्री कम्पनी लिमिटेड विराटनगरका प्रमुख बलबहादुर पन्तले बताए ।
त्यस्तै, नेपाल सरकारले खरिद गरेकोमध्ये कोटा अनुसार करिब ३६ सय मेट्रिक टन डिएपी मल समेत आउन लागेको छ । यसै महिनाभित्र सो मल आइपुग्ने कार्यालय प्रमुख पन्तले बताए ।कार्यालयले ११ हजार मेट्रिक टन युरिया, ९ हजार मेट्रिक टन डिएपी तथा ९ सय मेट्रिक टन पोटास विक्री गर्ने वार्षिक लक्ष्य लिएको छ । त्यसअनुसार माघ मसान्तसम्म ४ हजार ९ सय २७ मेट्रिक टन युरिया, २६ सय मेट्रिक टन डिएपी र ६ सय मेट्रिक टन पोटास विक्री भइसकेको छ ।
मोरङमा रहेका २ सय ३० वटा सहकारी मार्फत मल विक्री वितरण भइरहेको छ ।