आज कीर्तिपुरमा आयोजित पार्टीनिकट अनेरास्ववियु स्थायी कमिटी बैठकको उद्घाटन गर्दै अध्यक्ष नेपालले राष्ट्रिय स्वतन्त्र पार्टीका कारण सत्तारुढ गठबन्धन कुनै पनि बेला टुट्न सक्ने अवस्थामा पुगेको उल्लेख गरे । उनले राष्ट्रपति निर्वाचनपछि मात्रै मुलुकको राजनीतिले कुन कोर्ष लिन्छ भन्ने टुंगो लाग्ने बताए ।
अध्यक्ष नेपालले एमाले अध्यक्ष केपी ओलीमा कांग्रेस र एकीकृत समाजवादीको सहयोग लिएर गठबन्धन भत्काउलान् कि भन्ने चिन्ता छाएको पनि दाबी गरे । उनले एकीकृत समाजवादीलाई स्थापित गराउने गरी पार्टीको काममा लाग्न पनि अनेरास्ववियूका नेता, कार्यकर्तालाई निर्देशन दिए ।सत्ता गठबन्धन कुनै पनि बेला टुट्न सक्ने अवस्था छ : नेपाल
काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सत्तारुढ गठबन्धन कुनै पनि बेला टुट्न सक्ने अवस्थामा पुगेको दावी गरेका छन् ।