सोमबार पत्रकार सम्मेलनमार्फत औपचारिक जानकारी गराउने तयारी गरेका छन्। पार्टी छाडेको मौखिक जानकारी अध्यक्ष केपी शर्मा ओलीलाई गराइसकेका छन्, लिखित जानकारी गराउने तयारीमा छन्।
प्रसाईंले पूर्वराजपरिवारलाई अघि सारेर महाअभियानको घोषणा गरेपछि एमालेको स्थानीय कमिटीले केन्द्रमा कारबाही सिफारिस गरेको थियो। तर, पार्टीले निर्णय नलिँदै उनी आफै एमालेबाट अलग भएका हुन्।प्रसाईंले पार्टीबाट अलग हुने निर्णयबारे शनिबार बेलुका नै पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई जानकारी गराइसकेको पनि बताए। एमालेले २०७८ मंसिर २६ मा प्रसाईंलाई केन्द्रीय समितिमा मनोनीत गरेको थियो।
व्यवसायीसमेत रहेका प्रसाई दुई वर्षदेखि ओलीका विश्वासिला पात्र मानिन्थे। त्यसअघि माओवादी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ निकट थिए।