राष्ट्रिय समाचार समितिको ६२ औँ वार्षिकोत्सव समारोहलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले नागरिकको सूचनाको हकलाई सुनिश्चित गर्न राससले आफ्नो सेवालाई चुस्त दुरुस्त बनाउँदै जनताको सूचना पाउने हकको सम्मानमा लाग्नुपर्ने बताए ।
प्रधानमन्त्री प्रचण्डले वर्तमान सरकार नागरिकको विचार र अभिव्यक्ति स्वतन्त्रताको पक्षमा रहेको भन्दै लोकतन्त्रप्रतिको आस्था र जनताको मौलिक हकको सम्मानमा सरकार दृढ रहेको पनि स्पष्ट पारे ।प्रधानमन्त्री प्रचण्डले प्रतिस्पर्धाको युगमा राससले अन्य सबै सञ्चारमाध्यम भन्दा आफूलाई अब्बल बनाउनेमा विश्वास व्यक्त गरे ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले राससले आफ्नो सेवालाई सशक्त, गुणस्तरीय भरपर्दो र विश्वसनीय बनाउन आवश्यक रहेको बताइन् ।