विराटनगर । विराटनगर ३ स्थित मोडर्न ऐरा स्कुलले विभिन्न कार्यक्रम आयोजना गरी अभिभावक दिवस मनाएको छ । दुई दिनसम्म विभिन्न कार्यक्रम आयोजना गरी अभिभावक दिवस मनाइएको हो ।

प्रिन्सिपल इन्द्र राईका अनुसार पहिलो दिन पिजीदेखि कक्षा २ सम्म अध्ययरत विद्यार्थीहरूले नृत्य, गायन, स्पिजलगायतका प्रतिभा देखाएका थिए ।

आइतबार ३ देखि कक्षा १२ सम्म अध्ययरत विद्यार्थीहरूले आ–आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए ।

कार्यक्रमको पहिलो दिनको प्रमुख अतिथि प्याब्सन मोरङका वरिष्ठ उपाध्यक्ष प्रेमलाल सिंह सुवाल रहेका थिए ।

स्कुलले आयोजना गरेको ‘मोडर्न एरा लिटल च्याम्स’ चारजना विद्यार्थी च्याम्पियन भएका छन् ।

गायन विद्यातर्फको मोर्डन एरा लिटल च्याम्स हिमानी घिमिरे, नृत्य जुनियरतर्फमा युनिका घिमिरे, सिनियरतर्फ प्रजिना राई र मोडलिङतर्फ भूमिका थापा मगर घोषित भएकी हुन् ।

यस्तै मोडलिङतर्फ रक्षा ओझा फस्ट रनरअप र निर्जला आचार्य सेकेन्ड रनरअप भइन् ।

विद्यार्थीहरुको अन्तरनिहित प्रतिभा प्रस्फुटन गर्नका लागि मोर्डन एरा लिटल च्याम्सको आयोजना गरेको हो ।

स्कुलमा अध्ययनरत ५४३ जना विद्यार्थीहरुको सहभागिता थियो । पहिलो शृङखलामा २०२ विद्यार्थीहरु छनोट भएका थिए । कार्यक्रम पहिलो, दोस्रो, तेस्रो र फाइनल गरि चार चरणमा सम्पन्न गरिएको हो । फाइनलमा ३० जना विद्यार्थी पुगेका थिए ।

अभिभावक दिवसको समापन गर्दै प्रिन्सिपल राईले सिप, संस्कारसहितको गुणस्तरीय शिक्षा प्रदान गरेको कारणले मोर्डन एराबाट उत्पादन भएको विद्यार्थीहरु राष्ट्रको विभिन्न ओदामा पुग्न सफल भएको बताए ।

कक्षा १२ सम्म मोर्डन ऐरामा १ हजार ३ सय ११ जना विद्यार्थी अध्ययरत छन् ।

875
Shares
७ फाल्गुन २०७९, आईतवार १९:३०