विराटनगरलाई सफा, सुन्दर र व्यवस्थित बनाउन भन्दै महानगरपालिकाले नयाँ जनप्रतिनिधि आएसँगै सरफाई विशेष अभियान सञ्चालन गर्दै आएको छ । सो अभियानअन्तर्गत प्रजातन्त्र दिवस मनाउने क्रममा महानगरले सरसफाई अभियान सञ्चालन गरेको हो ।
महानगरवासीलाई सरसफाईप्रति जागरुक बनाउन महानगरले नाचगानसहित सरसफाई गरेको थियो । कार्यक्रममा आदर्श माविका विद्यार्थी तथा शिक्षक, सफाई अभियानकर्मी मुकुन्द बस्नेत, महानगरका कर्मचारी, सरसफाई साझेदार संस्थाका प्रतिनिधिलगायतले सडक सफा गर्दै स्थानीयको ध्यानाकर्षण गराउन विभिन्न गीतमा नृत्यसमेत प्रस्तुत गरेका थिए ।आदर्श उच्च माविका विद्यार्थी, सरसफाई अभियानकर्मीको सहभागितामा पानीटंकीदेखि ट्राफिक चोकसम्म सफाई गरिएको महानगरको सरसफाई शाखा प्रमुख पुनम दाहालले जानकारी दिए ।
नाचगानसहित सरसफाई गर्दा स्थानीयको ध्यानकर्षण हुने र उनीहरुसमेत आफ्नो घर, पसल र कार्यालय अगाडि सफा गर्न जागरुक हुने दाहालले बताए ।