विराटनगर–११ पिचरास्थित ज्येष्ठ नागरिक सामुदायिक भवनमा आयोजित कार्यक्रममा टोल समितिले ज्येष्ठ नागरिक मानबहादुर रायमाझी र इन्द्रमाया सुवेदीलाई सम्मान गरेको हो ।
कार्यक्रमका प्रमुख अतिथिसमेत रहनु भएका वडाध्यक्ष तीर्थेन्द्र नेउपानेले रायमाझी र सुवेदीलाई दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरेका थिए । सो अवसरमा वडाध्यक्ष नेउपानेले ज्येष्ठ नागरिक समाजका प्रेरणाका स्रोत भएको बताए ।उनले विराटनगर–११ स्थित ज्येष्ठ नागरिक सामुदायिक भवनमा पुस्तकालयसहित संग्राहलाय स्थापना गर्ने उद्घोष गरे । भावीपुस्तालाई संग्राहालय प्रेरणाको स्रोत हुन सक्ने उनको भनाइ थियो ।
विगत ७ वर्षदेखि प्रजातन्त्र दिवसको अवसर पारेर समाजमा योगदान पु¥याउने ज्येष्ठ नागरिकलाई सम्मान गर्दै आएको आयोजक संस्था टोल समितिका अध्यक्ष यादनरसिंह कार्कीले जानकारी दिए ।कार्यक्रममा समाजसेवी चिरञ्जीवी दाहाल, ज्येष्ठ नागरिक वडा कार्यसमितिका सचिव अर्जुन भट्टराई, सामुदायिक भवनका सचिव खगेन्द्र संग्रौला, प्राध्यापक भूषण ढुंगेल, ज्येष्ठ नागरिक समाजका सल्लाहकार वीरेन्द्र कार्कीलगायतले प्रजातन्त्र दिवसको महत्व र औचित्यमाथि आ–आफ्ना विचार प्रकट गरेका थिए ।
त्यसैगरी सोही अवसरमा वरिष्ठ साहित्यकार कृष्णराज कोइराला, कवि इन्द्र खतिवडा, मोहन ताम्राकारलगायतले प्रजातन्त्र दिवससँग सम्बन्धित कविता सुनाएका थिए ।