विराटनगर । कक्षा १ देखि ५ सम्मका विद्यार्थीबीच भएको प्रतियोगितामा विराटनगरस्थित पोलस्टार सेकेन्डरी स्कुलका रिदम दाहाल प्रथम भए ।

विराटनगरकै डीपीएस स्कुलका कृति राय दोस्रो तथा रंगेलीको नेपाल आदर्श सेकेन्डरी स्कुलका सुमन तामाङ तेस्रो भए ।

विराटनगरको बुढानीलकण्ठ सेकेण्डरी स्कुलकी रोनिशा दासले चौथो हुँदै सान्त्वना पुरस्कार प्राप्त गरिन् ।

यसैगरी कक्षा ६ देखि १० सम्मका विद्यार्थीबीच भएको प्रतियोगितामा माउन्ट मकालु सेकेन्डरी स्कुलका चञ्चल मण्डल प्रथम भए भने बुढानीलकण्ठ सेकेन्डरी स्कुलकी वर्षा शर्मा दोस्रो भइन् ।

तेस्रो स्थानमा विराटनगरको ग्रडेड सेकेन्डरी स्कुलकी कृतिका यादव आइन् भने चौथो स्थानमा आएका विराटनगरको मदरल्याण्ड एकेडेमीका निशान्त साहले सान्त्वना पुरस्कार प्राप्त गरे ।

प्रतियोगितामा १४३ जना विद्यार्थीको सहभागिता थियो । विराटनगरका १०५ जना तथा विराटनगर बाहिरका विद्यालयबाट ३८ जना विद्यार्थीको सहभागिता थियो ।

पहिलो हुनेलाई ५ हजार, दोस्रोलाई ३ हजार, तेस्रोलाई २ हजार तथा चौथो हुनेलाई १ हजार रुपैयाँसहित पुरस्कृत गरिएको थियो ।

संस्थागत विदालय बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आयोजना गरेको जिल्लास्तरीय चित्रकला प्रतियोगिता मदरल्याण्ड स्कुल परिसरमा आयोजना गरिएको थियो ।

686
Shares
७ फाल्गुन २०७९, आईतवार १८:१०