विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अनुशासन नभएका ब्यत्तिलिाई खेल क्षेत्रमा नबस्न आग्रह गरेका छन् ।

खेलकुद क्षेत्रको विकास गर्ने हो भने अनुशासन र इमान्दारी हुनु पर्ने बताएका हुन् ।

कुनै ओहदामा भएर मात्र कसैले ताज र गोल्डेन बुट नपाउने भन्दै ओलीले इमान्दारीसाथ कर्मले सफता प्राप्त हुने बताए ।

विराटनगरमा आइतबार शुरु भएको नेपाल खेलकुद महासंघको दोश्रो महाधिबेशनलाई सम्बोधन गर्दै ओलीले पद पाउने कुरामा होडमा नलागी कामको उत्कृष्टतामा लाग्न आग्रह गरे ।

‘कामले पद दिन्छ, काम गर्न सक्नु भएन भने पद जान्छ, उनले भने, पद क्षणिक हुन्छ कामले तपाईलाई जीवन पर्यन्त सम्झाई रहन्छ ।’

छेलो खेलेर, घुयत्रो हानेर, गिर खेलेर आएका पुर्खाका सन्तान भएकोले खेलमा जित्छु भन्दापनि हार्ने डर नेपाली खेलाडीमा रहेको बताए ।

खेलका गतिबिधि हुन नसकेको सुनाउँदै ओलीले पार्टीको समस्या र झमेला अन्त भएपछि नेपाल खेलकुद महासंङले गति लिएको उल्लेख गरे ।

महासंघले खेलाडीलाई प्रोत्साहित गर्ने, तालिम दिने र खेलाडीले प्रगतिमा केन्द्रीत हुनु पर्ने बताए । खेल क्षेत्रमा देखिएका समस्या समाधान र खेल क्षेत्रको विकास गर्न एमालेले मद्दत गर्ने ओलीले आश्वासन दिए ।

‘खेलको अभ्यासले मानिसलाई अभ्यस्त बनाउँछ, उनले भने, कसरी लड्ने कसरी पछारीने अभ्यासले मानिसलाई सफल बनाउने छ। सबैभन्दा ठुलोकुरा आफ्नो काम प्रति ईमान्दार हुनु पर्छ ।’ खेलमा निष्पक्षता र न्याय दिनु पर्ने बताएका ओलीले खेलकुदमा अनुशासन नभएका ब्यक्तिहरुलाई खेल क्षेत्रमा नबस्न आग्रह गरे ।

‘खेलमा आक्रमण हैन प्रतिरक्षा हुन्छ, उनले भने, शान्त स्वाभाभावका खेलाडीहरु परिआएको बेला पछि नहट्ने खालको हुन्छन् ।’ महासंघले सबै खेलको समुचित विकास गर्न सक्नु पर्ने बताए ।

‘नेपाली पछाडि पर्नुको कारण भनेको जित्छु नै भन्ने आत्म विस्वास नभएकोले भएको हो, ओली भन्छन्, सगमाथा चढ्न सँधै नेपाली नै अगाडी हुन्छ त ?’

35
Shares
७ फाल्गुन २०७९, आईतवार १७:५९