विराटनगर । प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले संविधानले अवलम्बन गरेको प्रणालीलाई थप सुदृढ गर्दै सामाजिक न्यायसहितको आर्थिक समृद्धि हासिल गर्ने दिशातर्फ अग्रसर हुनु सबैको साझा दायित्व भएको बताएका छन् ।

७३ औं प्रजातन्त्र दिवसको अवसरमा प्रदेश सरकारले आज आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले यस्तो बताएका हुन् ।

उनले संविधानले निर्दिष्ट गरे बमोजिम संघ, प्रदेश र स्थानीय तहबीको अन्तरसम्बन्धलाई थप सुदृढ बनाउदै नेपाली जनताका अपेक्षाहरुलाई पुरा गर्न यस ऐतिहासिक दिनले प्रेरणा दिने विश्वास व्यक्त गरे ।

नेपालको संघीय शासन प्रणाली मौलिक र बिल्कुलै नयाँ रहेको उल्लेख गर्दै मुख्यमन्त्री कार्कीले संविधान बमोजिम स्थापित प्रदेश संरचनालाई सुदृढ र जनचाहना बमोजिम अघि बढाउने सन्दर्भमा सबै राजनितिक दल, सरोकारवाला सबैको सहयोगको अपेक्षा रहेको बताए ।

प्रजातन्त्रकै जगमा लोकतन्त्र हुँदै मुलुकमा अहिले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था स्थापना भएको उल्लेख गर्दै उनले आजको दिन नेपालको इतिहासमा गौरवपूणर् र अविस्मरणीय रहेको बताए छन् ।
42
Shares
७ फाल्गुन २०७९, आईतवार १६:५३