२०५८ सालमा शिलान्यास भए पनि पुल अझैसम्म निर्माण सम्पन्न हुन नसकेको अवस्थामा मन्त्रीले मोदीले बिलम्व नगर्न निर्देशन दिएका हुन् ।
आइतबार निरीक्षणका लागि पुगेका मन्त्री मोदीले पुल निर्माणको काम अविलम्ब सम्पन्न गर्न निर्देशन दिएका हुन् ।पुल निर्माणको काम चालू आर्थिक वर्षमा सम्पन्न हुने जनाइएको छ । सुर्य शान्ति कार्की बन्धु जेबीले निर्माण गरिरहेको यो पुलको लम्बाई झण्डै ६० मिटरको छ ।
१२ करोड ५७ लाख लागतमा बनिरहेको पुलको निर्माणकार्य चालू आर्थिक वर्षमै सम्पन्न गर्ने निर्माण कम्पनीका दिपेन्द्र कार्कीले आश्वासन दिए ।