काठमाडौंको टुंडिखेलमा सेना दिवसको अवसरमा नेपाली सेनाले कला कौशल प्रदर्शन सहितको विशेष कार्यक्रमको आयोजना गरेको छ ।
सेनापती प्रभुराम शर्माले सेना दिवसको अवसरमा सैनिक अनुशासनको परिधिभित्र रही राष्ट्रिय हित संरक्षणमा नेपाली सेना तत्पर रहेको बताएका छन् ।प्रधानसेनापति शर्माले अस्वाभाविक ब्यक्तिगत महत्वाकांक्षा र स्वार्थपूर्तिका लागि संस्थाको गरिमामा आँच पुर्याउने कार्य गर्ने छुट कसैलाई नभएको भन्दै अनुशासनमा रहन सेनाका अन्य अधिकारीलाई निर्देशन समेत दिएको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
सेना दिवसको अवसरमा काठमाडौंको टुँडिखेलमा विशेष कार्यक्रम आयोजना गरिँदैछ ।