धनकुटा । धनकुटाको सहिदभूमि गाँउपालिका–४ हिले–छिन्ताङबाट प्रतिबन्धित लागूऔषध गाँजासहित पिकअप गाडी र चालकलाई प्रहरीले ‍नियन्त्रणमा लिएको छ ।

प्रहरी गस्ती टोलीले छिन्ताङबाट हिले जाँदै गरेको को१ ज ३११८ नम्बरको पिकअप गाडीलाई जाँचको क्रममा १५ वटा बोरामा ४ सय गाँजा बरामद गरेको थियो ।

त्यस क्रममा चालक किरण राई फरार भएका थिए । प्रहरीले उनलाई फागुन ३ गते सुनसरीको इटहरी–२ मा पक्राउ गरेको हो ।

राईलाई धनकुटा जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

56
Shares
५ फाल्गुन २०७९, शुक्रबार २१:०२