सो अवसरमा भवन निर्माणमा सहयोग गर्ने विभिन्न दाताहरुलाई सम्मान पत्रद्धारा सम्मानित गर्ने कार्यक्रम रहेको द आर्ट अफ लिभिङ विराटनगरका संयोजक शेरबहादुर श्रेष्ठले जानकारी दिए । भवन उद्घाटनसँगै महाशिवरात्रीको अवसरमा महारुद्र पूजा भवन परिसरमा आयोजना गरिएको उनले बताए ।
पूजामा स्वामी पूर्णतेजको उपस्थिति रहने श्रेष्ठले बताए । द आर्ट अफ लिभिङले सामाजिक क्षेत्रका विभिन्न कार्यहरु पनि गर्दै आइरहेको छ । विशेषगरी बाढी पहिरो, आगलागी, शितलहर लगायतका कारणबाट पीडित भएकाहरुलाई सहयोग गर्दै आएका श्रेष्ठले बताए । आर्ट अफ लिभिङको कोर्ष पूरा गरेका ५ हजार बढी सदस्य विराटनगरमा रहेको उनको भनाइ छ ।द आर्ट अफ लिभिङ फाउण्डेशन एक गैरनाफामूलक शैक्षिक र मानवतावादी गैर सरकारी संस्था हो । यसको शाखा १८० देशहरूमा रहेको छ । रविशंकरद्वारा सन् १९८१ मा संस्थापित द आर्ट अफ लिभिङ स्वयंसेवी संस्था हो ।