मोरङको पथरीशनिश्चरे २ कालापानीमा खेतीबाटै आलु चोरी भएको छ । पथरी कृषि फर्मका संचालक रुद्र मणि न्यौपानेले १५ धुर क्षेत्रफलमा लगाएको आलु सोमबार राती चोरी भएको हो । न्यौपानेले २ विघा क्षेत्रफल जमिन भाडामा लिएर कागती खेती र नगदे वाली गर्दै आएका हुन् ।

करिव २ मन आलु चोरी भएको न्यौपानेले बताए । उनले फर्ममा कागती, उखु, साग, केराउ, प्याज, लसुन लगायतका नगदे बाली लगाउदै आएका हुन् । गाँउमा रहेको फर्ममा कहिले काँही कागती र अन्य सागपात समेत चोरी हुने गरेको बताए । आलु चोरी भए पछि न्यौपानेले जनप्रतिनिधि र प्रहरीमा जानकारी गराएका छन् ।

बैंकले एक वर्ष देखि लगानी गर्न छोडेको र बचत कर्ताहरुको आफनै पैसा फिर्ता गर्न नसकेको उच्च बैंक ब्याज दर र बेरोजगारीले गर्दा यस्ता चोरीका लगायत असमाजिक घटनाहरुले प्रोत्साहन पाएको स्थानीयको भनाई रहेको छ ।
98
Shares
४ फाल्गुन २०७९, बिहीबार १२:४७