विराटनगर । विराटनगरमा पहिलो पल्ट फिल्म जगतको अवार्ड सो हूने भएकाे छ । ओजस फिल्म्स एण्ड इन्टरटेन्मेन्ट प्रा.लिद्वारा आयोजना गरिने फ्लायर्स फिल्म अवार्ड २०७९ चैत्र २५ मा हुने आयोजकले मंगलवार पत्रकार सम्मेलन मार्फत जानकारी गराएको हो । नेपाली फिल्म जगतलाई राजधानी वाहिर प्रबधन गर्ने उद्देश्यका साथ उक्त अवाड सो आयोजना गरिएको आयोजकले बताएका छन् ।
राजधानी बाहिर आयोजना हुने यस्ता अवाड सोले मोपसलका कलाकार र फिल्म लोकेसनहरु समेत प्रबद्धन हुने आशा रहेको अध्यक्ष साइमन राजवंशीले बताएका छन् । उत्त अवाड सो बाट छानोट हुने विषेश पाँच सिनेमालाई २३ विभिन्न विधामा अवाड प्रदान गरिने छ ।