सोमबार टर्की र सिरियामा आएको शक्तिशाली भूकम्प पीडितका लागि बि.बि.ए ब्याचले सहयोग पठाएको छ ।उत्तरी सिरिया र दक्षिणपूर्वी टर्कीको नियन्त्रणमा रहेको सिरियाली भूभागमा केन्द्रविन्दु रहेको ७.८ म्याग्निच्यूडको विनासकारी भुकम्प ले गर्दा ३३ हजार भन्दा धेरैले ज्यान गुमाएका छन् ।

उक्त दुखद घटना लाइ मध्यनजर गरी बि.बि.ए का विद्यार्थीले हरेक सेमिस्टर मा सामाजिक कार्य गर्दै आएको र भूकम्पमा परि ज्यान गुमाएका परिवारहरुलाई समवेदना व्यक्त गर्दै ४०० पिस सेनिटरि प्याड बि.बि.ए चौथो सेमिस्टर सेकसन ए, बि, सि का सम्पुर्ण विद्यार्थी मिर्ली हामी नेपाल टिम’ मार्फत नेपाल सरकारको सहकार्यमा टर्की पठाएको उक्त सेमिस्टरका अध्यनरत बिद्यार्थी अंकित पोख्रेल ले जानकारी दिए ।