विराटनगर । विराटनगर विमानस्थल नागरिक उडड्यन कार्यालय द्धारा नयाँ टर्मिनल भवनको शिलान्यास गरिएको छ । कार्यक्रममा संस्कृति पर्यटन तथा नागारिक उडड्यन मन्त्री सुदन किरातीको प्रमुख अतिथ्य रहेको हो ।
नयाँ बन्ने टर्मिनल भवन भ्याटबाहेक २ अर्ब ४२ करोड ८ लाख ५६ हजार अनुमानित लागतमा निर्माण सुरु भएको जनाइएको छ । निर्माण हुने भनिएको टर्मिनल भवन पोखरा र गौतम बुद्ध अन्तर्राष्ट्रिय टर्मिनल भवनभन्दा ठूलो हुने बताइएको हो । १६ हजार २७७ दशमलव ८३ वर्गमिटरमा उक्त टर्मिनल भवन निर्माण सुरु भएको नागरिक उड्डयन प्राधिकरणका उप–महानिर्देशक हंसराज पाण्डेले बताए ।
उक्त टर्मिनल शिलान्यास कार्यक्रममा नगर प्रमुख , प्रदेश १ का पर्यटन वन तथा वातावरण मन्त्री, प्रमुख जिल्ला अधिकारी ,कर्पोरेट निर्देशनालयका उपनिर्देशक, पत्रकार महासंघ मोरङका अध्यक्ष लगायतका उपस्थिति रहेको थियो ।
कार्यक्रमका अध्यक्ष एवं उडड्यन सेवा निर्देशनालयका उपमहानिर्देशक हंसराज पाण्डेले उपस्थित सम्पूर्ण सहभागीहरुलाई धन्यवाद ज्ञापन सहित कार्यक्रमको समापन गरेका थिए ।
विराटनगर विमानस्थलमा नयाँ टर्मिनल भवनको शिलान्यास