विराटनगर । विराटनगर महानगरपालिका हिमालय रोडमा जडान गरिएको सडक बत्ति जडान गरेको महिना दिन नबित्दै भत्कीएको छ ।
भारतको सिक्किम प्रन्तको एम.जि रोडको परिकल्पनामा निमाण गरिएको हिमालय रोडको सडक बत्ति यहि महिना जडान गरिएको हो ।
काम भएको देखाउन हतार–हतार जडान गरिएको बत्ति अहिले सडकमा ल्म्पसार परेको छ ।
अझ भयावह त के छ भने बत्तिबाट निस्केको विद्युतिय तार सडकमा यमराजको वाहान वनि यम पास थापेको झै देखीएको छ ।
विद्युतीय तार कसैको खुट्टामा छोयो मात्र भने कसैको ज्यान जान समय लाग्दैन । यस्तो गम्भिर विषयमा भने महानगर बेखवर देखीएको छ ।
महानगर तथा सम्बन्धित सबै सराेकारवाला निकायले सडकमा हिडने पैदल यात्रिकाे सुरक्षा प्रति गम्भिर हुन आवश्यक देखीन्छ ।