थाई स्माइल एयरलाइन्सका कर्मचारीसँग ठाकुरले गरेको एक अडियो बाहिरिएपछि ठाकुर निलम्बनमा परेका हुन् । गैरकानुनी रूपमा लाभ लिने मनसायले गरिएको अडियो संवादका आधारमा निलम्बनमा परेका ठाकुरका विरुद्ध मन्त्रालयले प्रेस विज्ञप्ति जारी गर्दै अनुसन्धानका लागि अख्तियार दुरूपयोग अनुसन्धान आयोगलाई अनुरोध गरेको छ।