विराटनगर । विश्व हिन्दु युवा संघले आफनो केन्द्रीय समिति विस्तार गरेको छ । विश्व हिन्दु महासंघको भातृ संगठनको रुपमा कार्यरत विश्व हिन्दु युवा संघले विश्व शान्तिका लागि नेपाललाई पुन ः विश्व गुरु राष्ट्रमा स्थापित गराउन ५ ‘ग’ को सिद्धान्त गोरक्षनाथ , गाई, गाँउ, गाजा र ज्ञानलाई आत्मसाथ गरेको देखिन्छ ।
दुई वर्ष अघि स्थापना भएको यस संगठनमा देशै भरि बाट चार सय केन्द्रीय सदस्य रहेको संगठनका संस्थापक अध्यक्ष ऋषिकेश जंग शाहले बताएका छन् । संगठनले नेपालको लोपउन्मुख संस्कृती, जडिबुटी, जातजातिको पैरबी गरि संरक्षण गर्न पहल गर्ने गरेको शाहले बताए ।
संगठनको केन्र्दीय समितिमा केन्द्रिय सदस्यमा युजिन आर्चाय, प्रकाश सापकोटा, सन्तोष कुमार चमन, सन्तोष सुवेदी, हरिशंकर चौलागाई र नगर अध्यक्षमा रस्मी थापा मनोनित भएका हुन् ।
स्थानीय तह, जिल्ला, प्रदेश र केन्द्रीय बाट महत्त्वपूर्ण निर्णय गर्ने र विभिन्न पूर्वीय दर्शन धर्म संस्कृति, योग, आयुर्वेद, कृषि, वन, खनिज, जलश्रोत र पर्यटनमा समृद्धि लुकेको खोजी गर्ने र गराउने काम गर्ने केन्द्रिय सदस्यमा युजिन आर्चायले बताए ।
287
Shares
२५ माघ २०७९, बुधबार १४:४१