विराटनगर । विराटनगर सेन्ट्रलमलको पार्किङ्गबाट सेवाग्राहीको सवारीसाधन चोरी भएको छ । गत शनिवार सेन्ट्रलमलमा चलचित्र हेर्न गएका दिपक कार्किका नाममा रहेको को २७ प ६९४९ नम्बरको स्कुटी चोरी भएको हो । चलचित्र हेरेर बाहिर निस्कदाँ कार्किले आफ्नो स्कुटी चोरी भएको थाहा भए लगतै वडा प्रहरी कार्यलय विराटनगरमा उजुरी दिएका हुन् ।
निवेदनको सुनवाहि गर्दै वडा प्रहरी कार्यलय विराटनगरले मलको सिसिटिभी फुटेज जाँच गरेका हुन् । सिसिटिभी फुटेजका आधारमा थप अनुसन्धान भइरहेको र आफुहरु अपराधिलाई चाँढै नियनत्रणमा लिने प्रयासरत रहेको वडा प्रहरी कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक दिपेन्द्र पंजियार थारुले बताएका छन् ।
सेन्ट्रलमलको पार्किङ्गबाट सेवाग्राहीको सवारीसाधन चोरी